बैशाख १३, २०८१, बिहीबार
               

अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थी समस्यामा, अनलाइन कक्षा लिएको भए भिसा फिर्ता हुने

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

पठन–पाठन पूर्ण रुपमा अनलाईन सिस्टम गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने भएका छन् । विदेशी विद्यार्थीले आफ्नो कोर्सलाई ‘इन–पर्सन ट्यूसन’ अर्थात प्रत्यक्ष अध्यापन गर्नु पर्नेमा परिमार्जन नगरेको विदेशी विद्यार्थीहरु अमेरिका बस्न पाउने छैनन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले नियम नमान्ने व्यक्ति डिर्पोट हुने बताएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयलहरुले अहिले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् । नयाँ नियमबाट कति विद्यार्थी प्रभावित हुने छन् भन्ने खुलाइएको छैन ।

अमेरिकी विश्वविद्यालयलमा अध्ययन गर्नका लागि बर्सेनि ठूलो संख्यामा विदेशी विद्यार्थीहरु जाने गर्छन् । अमेरिकी विश्वविद्यालयहरुका लागि विदेशी विद्यार्थी आयको प्रमुख स्रोत पनि हुन् ।

हार्वर्ड विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका सबै कक्षाहरु अनलाईन मार्फत सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ । आइसिइले विदेशी विद्यार्थीलाई यो वर्षको वसन्त र ग्रीष्म ऋतुमा अनलाईन मार्फत कक्षा लिन सक्ने अनुमति दिएको थियो ।

तर सोमबार गरेको घोषणामा अनलाईन कोर्षका लागि भर्ना भइ ‘इन–पर्सन ट्यूसन’ मा स्वीच नगरी अमेरिकामै बसेका विदेशी विद्यार्थी समस्या पर्न सक्ने बताएको हो ।

नयाँ नियम एफ–१ र एम–१ भिसा प्राप्त एकेडेमिक र भोकेशनल विद्यार्थीमा लागु हुन्छ । अमेरिकाको विदेश विभागले सन् २०१९ मा तीन लाख ८८ हजार ८३९ एफ भिसा र ९ हजार ५१८ एम भिसा वितरण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि