चैत १५, २०८०, बिहीबार
               

कामपाबाट ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाख रुपैयाँ सहयोग

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ ।

महानगरले आज यहाँ आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर शाक्यले हस्तान्तरण गरेका हुन् । महानगरले गत वर्ष पनि  ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो । आज सहयोग पाउने क्लबमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), सङ्कटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् । 

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए । उनले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।  

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले  महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे “डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौं महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन् ।” 

यसअघि २०७५ साल भदौ २५ गते प्रत्येक क्लबलाई नौ लाख ३० हजार सहयोग रकम प्रदान गरिएको थियो । यसैगरी २०७६ वैशाख २३ गते बी र सी डिभिजन क्लबलाई क्रमशः तीन लाख र दुई लाख सहयोग रकम प्रदान गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि