बैशाख १३, २०८१, बिहीबार
               

अरुण थापाको बायोपिकको तयारीमा प्रदीप-दिनेशको टिम !

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने नयाँ चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । केही समयदेखि प्रदीप-दिनेशको टिअपले चर्चा पाइरहेको छ । अहिले उक्त चलचित्रको स्कृप्ट लेखनको काम भइरहेको छ ।

प्रदीप र दिनेशको टिमअपबाट कस्तो चलचित्र बन्ने हो ? भन्ने विषयमा अहिले धेरैको जिज्ञाशा बढिरहेको छ । धेरैले उनीहरु रोमान्टिक चलचित्रको तयारी गरिरहेको अनुमान गरिरहेका छन् ।

यस्तैमा, यस टिमले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा चलचित्र बनाउने तयारी गरिरहेको बुझिएको छ । अहिले निर्माण पक्ष अरुणको विषयमा थप जानकारी लिइरहेको छ । लेखक विकास सुवेदी र निर्देशक दिनेश राउत अहिले अरुणको विषयमा बुझ्न तिर लागेका छन् । 

तर, निर्माण पक्षले अरुणको परिवारसँग यस विषयमा लिखित अनुमति पाइसकेको छैन । उनीहरुबीच सामान्नय कुराकानी भइसकेको छ । निर्देशक राउत अनुमति लिन लागी परेका छन् ।

यो पनि