बैशाख १३, २०८१, बिहीबार
               

वडाध्यक्ष वीरेन्द्र शाह घाइते

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

दाङ । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । 

शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । 

शाहको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । 

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि