बैशाख १३, २०८१, बिहीबार
               

विदेशमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि

एजेन्सी
असार २०, २०७७

ADVERTISEMENT

पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी आफैंले सामामजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएका हुन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टाइनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’

‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले लेखेका छन् ।

उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको समेत जानकारी दिएका छन् ।

पाकिस्तानमा दुई लाख २१ हजार ८९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पाकिस्तानमा चार हजार ५५१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोना भाइरसबाट हालसम्म एक लाख १३ हजार ६२३ जना निको भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि