बैशाख ०७, २०८१, शुक्रबार
               

दैनिक घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो । कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । उक्त मन्त्रालयको तथ्यांक अनुसार, असोज १ गतेसम्म होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा संक्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना संकलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि