बैशाख १३, २०८१, बिहीबार
               

भारतको कोठीमा थुनेर राखिएका ६ जना नेपाली महिलाको उद्धार

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अलपत्र परेका ६ जना नेपाली महिलालाई शुक्रबार उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्याइएको थियो ।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एक–एक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

ती महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ छ ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एक–एक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् । 


कस्तो लाग्यो ?

यो पनि