बैशाख १२, २०८१, बुधबार
               

ओलीको पक्षमा एकैदिन चार सहरमा प्रदर्शन

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा एकैदिन चार सहरमा प्रदर्शन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा अध्यक्ष दाहालसहित अन्य शीर्षस्थ नेता एकजुट भइरहेको अवस्थामा सो प्रदर्शन भएको हो । सो प्रदर्शन युवा तथा विद्यार्थीहरुले गरेका हुन् । भरतपुरको चौबिसकोठीमा पनि ओलीको पक्षमा प्रर्दशनमा प्रदर्शन भएको हो । त्यसैगरी भक्तपुरमा ओलीको पक्षमा प्रदर्शन भएको छ । 

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले पटक–पटक प्रदर्शन गर्दै आएका छन् । 

प्रदर्शनमा उत्रिएकाहरुले 'सरकार ढाल्न पाइँदैन', 'आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई', 'ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारवाद नेपाल छोड' जस्ता नारा लगाएका थिए । 

आजै प्रधानमन्त्री ओलीको पक्षमा झापा र पोखरामा पनि प्रदर्शन भएको थियो । 

यो पनि