बैशाख १३, २०८१, बिहीबार
               

एकै दिन विश्वमा २ लाख ८ हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी
असार १९, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । शुक्रबार दिउँसोसम्म विश्वमा यस संक्रमणबाट १ करोड १० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ५ लाख २४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ । 

वर्ल्डोमिटर कोरोनाभाइरस अपडेटका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८ हजार ८ सय ६४ जना संक्रमित फेला परेका छन् भने मृतकको संख्या ५ हजार १ सय ५५ जना थपिएका छन् । हालसम्म ६१ लाख ३६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।  

सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिकापछि ब्राजिल कोरोनाभाइरसबाट बढी प्रभावित छ । ब्राजिलमा १५ लाख बढी संक्रमित छन् भने ६२ हजारकाे मृत्यु भइसकेको छ ।

यस्तै, रुस र भारत क्रमश:  तेस्रो र चाैथो स्थानमा रहेका छन् ।     

 


कस्तो लाग्यो ?

यो पनि