बैशाख ०८, २०८१, शनिबार
               

अमेरिकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

एजेन्सी
असार १९, २०७७

ADVERTISEMENT

विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् ।

अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । 

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् ।

अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् । 

कोराेना संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ ।

बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ । 


कस्तो लाग्यो ?

यो पनि