जेठ ०७, २०८१, सोमबार
               

सुरेश देवकोटा नबिल सेक्युरिटिजको सिइओ

नेपाल फ्ल्यास
असोज २३, २०८०

ADVERTISEMENT

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । देवकोटालाई नबिल सेक्युरिटिजको सञ्चालक समितिले असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ । दुई दशक लामो बैंकिङ अनुभव संगाल्नुभएका देवकोटा यसअघि नबिल बैंकमा प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए  । २०६२ सालमा नेपाल बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएका देवकोटाले १५ वर्ष नेपाल बंगलादेश बैंकमा बिताएका छन् ।

देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन्। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यको रूपमा पनि काम गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि